२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।

योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”

अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याउनुभयो । “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

“महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो । वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।