११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

साफ यु–२० महिला च्याम्पियन जित्ने विश्वास छ– प्रशिक्षक गुरुङ

साफ यु–२० महिला च्याम्पियन जित्ने विश्वास छ– प्रशिक्षक गुरुङ
अ अ+ अ-

काठमाडौँ । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् ।

आगामी जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरिरहेको छ । नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौति दिनसक्ने टोली बनेको उल्लेख गरेका छन् । साथै उनले यही टोलीले उपाधि पनि जित्ने आशा व्यक्त गरे । पछिल्लोपल्ट यो उमेरसमूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेलेका थिए । तर पनि यो टोलीको भविष्यमा राम्रो रहेको प्रशिक्षक गुरुङको विश्वास छ ।

पछिल्लोपल्ट सन् २०२३ मा साफ यु–२० महिला च्याम्पियनसिप आयोजना भएको थियो । उक्त च्याम्पियनसिपमा नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो । तर फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो । फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छ । नेपालका प्रशिक्षक गुरुङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनु परेको बताएका छन् । टोलीमा केही नयाँ अनुहार र उमेर समूहका उत्कृष्ट खेलाडी समावेश रहेको प्रशिक्षक गुरुङ बताउँछन् ।

तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो । त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा भइसकेको छ । यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि रहेको प्रशिक्षक गुरुङ बताउँछन् । यो संस्करणमा भारतले सहभागी भएको छैन । नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकासहित कुल चार राष्ट्र छन् । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भूटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ ।

उमेरसमूहको एकेडेमीबाट उत्पादित भुटानका टोलीले दक्षिण एसियाली फुटबलमा बिस्तारै प्रभाव बढाउन थालेको छ । नेपाली टोलीकी सदस्य मिना देउवाले देशका लागि उपाधि दिलाउने लक्ष्य लिएको बताएकी छन् । लक्ष्यअनुरूप मैदानमा पनि खेल्ने उनको विश्वास छ । टोलीमा टिम कम्बिनेसनमा धेरै सुधार आएको र बलियो टोली बनेको उनी बताउँछन् । तयारीका लागि अभैm एक हप्ता बाँकी रहेकाले थप सुधार आउने मीनाले अपेक्षा लिएकी छन् । उच्च मनोबलका साथ खेल्ने र उपाधि जित्ने मीनाको विश्वास छ ।

प्रशिक्षक गुरुङले सोमबार नै टोली घोषणा गरिसकेका छन् । टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन् । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिसा सेन, वर्षा ओली, पूर्णीमा राई, मिना देउवा र समीक्षा मगर छन् । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्नेछ ।