१२ श्रावण २०८३, मंगलवार
,
Latest
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभाको बैठक स्थगित



अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ ।

अपराह्न १ बजे बस्ने भनिएको बैठक आज अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो । अब यही असार १९ गते दिनको ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्षसँगको सहमतिअनुसार असार १९ गते बिहीबार दिनको ११ बजे बस्नेगरी बैठक आह्वान  र सोहीअनुसार सबै सदस्यलाई सूचना गरिएको बताउनुभयो ।

गत असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत आव २०८२/०८३ को बजेट निष्पक्ष र पारदर्शी नभएको, व्यक्तिमुखी भएको भनि सत्तापक्ष दलका केही सदस्य र प्रतिपक्ष दलका सदस्यको प्रतिरोध गरिहेका छन् ।

सोही कारण आजको बैठक स्थगित हुनपुगेको राप्रपा संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । रासस




भर्खरै