२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प



अ+ अ-

सिराहा। प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार भएको मृत्यु घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति सुरक्षाको माग गर्दै बहिरङ्ग सेवा (ओपीडी) बन्द गरेका हुन् ।

उपचारका क्रममा बालकको निधन भएपछि पीडित परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिलगायतले अस्पताल परिसरमै हुलहुज्जत, अभद्र व्यवहार तथा गालीगलौज गरेकाले सेवा दिन नसकिएको चिकित्सकले जनाएका छन् ।

आज चिकित्सकहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “अस्पताल जस्तो संवेदनशील स्थानमा दुव्र्यवहार र आक्रमण सहन योग्य छैन । हामी शान्ति सुरक्षा सुनिश्चित गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।”

मृतक परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आइतबार अस्पताल अगाडि नाराबाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार नै सिरहा नगरपालिका—६ का वडाध्यक्ष इन्द्रजित यादवसहितलाई प्रहरी पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग गर्दै पीडित परिवारले बालकको शव बुझेको छैन ।

ओपिडी सेवा ठप्प भएपछि जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । चिकित्सक बस्ने कार्यकक्ष पनि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताउनुभयो । रासस




भर्खरै