१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनबारे परामर्श छलफल

मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनबारे परामर्श छलफल
अ अ+ अ-

काठमाडौँ। मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि प्रस्तुत गरिने दलित समुदायको मानवअधिकार कार्यान्वयनसम्बन्धी प्रतिवेदनबारे परामर्श छलफल गरिएको छ ।

दलित गैरसरकारी संस्था (फेडो) र डिग्निटी इनिसियटिभलगायत दलित नागरिक समाजका सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको राष्ट्रिय परामर्श कार्यशालामा संयुक्त राष्ट्रको मानवअधिकार परिषद्मा प्रस्तुत गरिने प्रतिवेदनबारे छलफल गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घमा अबद्ध राष्ट्रले आवधिक रूपमा हरेक साढे चार वर्षमा मानवअधिकारप्रतिको उत्तरदायित्व, प्रतिबद्धता र चुनौतीका साथै यस क्षेत्रमा गरेका प्रगति र सुधारका लागि गरिनुपर्ने पहलबारे समीक्षा प्रतिवेदन पेस गर्दै आएका छन् ।

यसै सन्दर्भमा नेपाल सरकारले आगामी अक्टोबरमा चौथो चक्रअन्तर्गतको राष्ट्रिय प्रतिवेदन पेस गर्दैछ । यसका साथै मानवअधिकारसम्बन्धी राष्ट्रिय संयन्त्रहरू र नागरिक समाजका सङ्घसंस्थाहरूले पनि छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नेछन् । दलित नागरिक समाजका सङ्घसंस्थाहरूले पनि त्यसको तयारी गरिरहेका छन् ।

कार्यक्रममा डिग्निटी इनिसियटिभका अध्यक्ष रुप सुनारले समीक्षाका लागि प्रस्तुत गरिने प्रतिवेदनका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले मानवअधिकारको चौथौ विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनमा हालसम्म भएको तयारीबारे जानकारी दिन र थप सुझाव सङ्कलनका लागि राष्ट्रिय परामर्श कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समग्र मानवअधिकारका साथै दलित मावअधिकारका क्षेत्रमा दलित आयोगसँग मिलेर काम भइरहेको बताउनुभयो । उहाँले मानवअधिकारको प्रत्याभूतिका लागि बनेको कार्ययोजना कार्यान्वयनका लागि राज्यलाई जवाफदेही बनाउन आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष मगरले बृहत् छलफल गरी निष्कर्षमा पुग्न आग्रह गर्दै प्रतिवेदनमा समस्याका साथै तिनको कार्यान्वयनका लागि पनि समाधानसहितको सुझाव दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय दलित आयोगका सदस्य मीनादेवी सोवले यसअघिको समीक्षाका क्रममा दलित आयोगबारे पनि सुझाव दिइएको उल्लेख गर्दै आयोगले सीमित स्रोत साधनका बाबजुद दलित मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरूको अभिलेखन, अनुगमन तथा कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्दै आएको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसारका मुद्दा समावेश गरेर आगामी प्रतिवेदन पेस गरिनुपर्नेमा जोड दिनुभयो ।

फेडोका संस्थापक एवं अधिकारकर्मी दुर्गा सोवले सरकार र मानवअधिकार संयन्त्रहरूले प्रतिवेदन बुझाए पनि नागरिक समाजको प्रतिवेदन बढी समालोचनात्मक हुने भन्दै सोहीअनुसार सबैसँग छलफलगरी प्रतिवेदनको तयारी भइरहेको बताउनुभयो । उहाँले परिषद्मा पठाइने प्रतिवेदनको पृष्ठ र शब्दसमेत तोकिएअनुसार हुने हुँदा मूलभूत विषयको उठान र समीक्षासहित एकीकृत प्रतिवेदन तयार गर्न लागिएको जानकारी दिनुभयो ।

अधिकारकर्मी सोवले यसअघि दिइएका सुझाव र सिफारिस तथा तिनको कार्यान्वयन अवस्थाबारे चर्चा गर्दै दलित मानवअधिकार कार्यान्वयनमा विभेदलाई पक्षपोषण गर्ने मानसिकता नै मुख्य चुनौतीका रूपमा रहेकाले यसमा हस्तक्षेपकारी भूमिका जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सरोकार भएका विभिन्न व्यक्तिहरूले विभेदको बदलिँदो प्रवृत्ति, यसअघिका सिफारिस र राज्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा गरेका प्रतिबद्धता कार्यान्वयनका आधारमा वस्तुनिष्ठ प्रतिवेदन पेस गर्न विविध सुझाव दिएका थिए । रासस