११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयोः प्रमुख सचेतक बर्तौला

न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयोः प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताउनु भयो । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गर्नुभयो । न्यायाधीशहरुको भुमिकाहरुप्रति नै आम नागरिकहरुले प्रश्न उठाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरुको भुमिकाहरुप्रति नै गम्भीर प्रश्न छ । उहाँहरुको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरु, यि विषयहरु छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरु पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताउनु भयो ।