१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल



फाइल फोटो
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।

आज पहिलो दिनको छलफलमा भाग लिने सत्तापक्षका प्रदेशसभा सदस्यहरुले दलालमार्फत योजना आउने प्रवृत्ति रोक्न नसक्नु चिन्ताको विषय भएकाले यस्तो प्रवृत्ति रोक्न विशेष पहल गर्नुपर्ने, योजनाहरुको प्राथमिकीकरणमा भएका कमीकमजोरी सच्याउनुपर्ने, नीति कार्यक्रमबमोजिम बजेट समावेशी र सन्तुलित ढङ्गको नभएको, नेताका योजना परे पनि जनताका योजना नपरेकाले सच्याउनुपर्ने माग गर्नुभयो ।

प्रतिपक्षी दलका सदस्यहरुले अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको, वित्तीय हस्तान्तरण गर्दा कतिपय पालिकालाई विभेद गरिएकाले सच्याउनुपर्ने र बजेट विनियोजन गर्दा भएका अनियमित कामको छानबिनका लागि छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, रक्षा महरा, नेकपा (एमाले) का सन्तोषी शर्मा थापा, जानकी ऐर बम, दमनबहादुर भण्डारी र नागरिक उन्मुक्ति पार्टीका खुशिराम डगौराथारूले छलफलमा भाग लिनुभएको थियो ।

यसैगरी, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, गीतादेवी माल र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले छलफलमा भाग लिनुभएको थियो ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।  प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो । रासस