१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको आर्थिक समृद्धिको आधार कृषिः मुख्यमन्त्री कँडेल



अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ ।

कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली कृषि उत्पादनको सम्भाव्य भूमि भएको बताउनुभयो । यहाँको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनको सम्भावना बोकेकाले त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने उहाँको भनाइ थियो ।

कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौँ तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।”

कृषक पञ्जीकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । रोपाइँ महोत्सवमा स्थानीय, जनप्रतिनिधि, कृषि प्राविधिक, सङ्घ÷संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो । रासस