४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी सम्बन्धी कानून यसै अधिवेशनमा प्रश्तुत गर्नुपर्छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आईतवारको समितिको बैठकमा  नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल भएको थियो । जसमा यो देशको सबैभन्दा पुरानो मध्येको कानून भएको बताउनु भयो । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म यसलाई समय सापेक्ष संशोधन, परिमार्जन गरेर आसक्नुपर्दथ्यो । आउन पाएको थिएन । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो । यो कानूनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु ।’

गृहमन्त्री लेखकले प्रहरीका जवानहरुलाई तल्लो स्तरका नभनिकन आधारभुत तहका भन्नुपर्ने प्रश्ताव विधेयकमा गरिएको बताउनु भयो । सरकार कानून राम्रो बनाएर निष्कर्षमा पु¥याउन तत्पर रहेको बताउनु भयो ।