२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले केन्द्रिय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने



अ+ अ-

सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रिय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । काँग्रेसको केन्द्रिय समितिको बैठक सोमवारदेखि शुरु हुँदैछ ।

केन्द्रिय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यस्तै केन्द्रिय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताउनु भयो । उहाँले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताउनु भयो । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने बताउनु भयो । साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।

उहाँले भन्नुभयो, ‘भोलिदेखि हुने हाम्रो केन्द्रिय समितिको बैठक छ । केही दिन चल्छ । केही समयपछिको ग्याप पछि केन्द्रिय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ । विदेशमा जनसम्पर्क समिति छ । त्यसबारेमा पनि छलफल हुनेछ । त्यहाँको संरचना मजबुत गर्ने र त्यहाँ कसरी हाम्रा कुरा लैजाने भन्नेबारेमा छलफल हुन्छ । प्रदेश र केन्द्रको बजेट भर्खर आएको छ । हाम्रो पार्टीबाट प्रदेशमा रहेका मुख्यमन्त्रीलाई बोलाएर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यताको बारेमा के भयो त्यसमा पनि छलफल हुनेछ । संगठनात्मक कार्यक्रम सय दिने अभियान थियो । त्यसको बारेमा पनि छलफल हुन्छ । सरकार कसरी चलिरहेको छ, प्रदेश केन्द्र त्यसबारेमा पनि छलफल हुन्छ ।’

प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताउनु भयो । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी गर्नुभयो ।




भर्खरै