११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

महालेखाका वार्षिक प्रतिवेदनमाथि कार्यतालिका बनाएर समितिमा छलफल चलाउँछुः सभापति पोखरेल

महालेखाका वार्षिक प्रतिवेदनमाथि कार्यतालिका बनाएर समितिमा छलफल चलाउँछुः सभापति पोखरेल
अ अ+ अ-

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखाका वार्षिक प्रतिवेदनमाथि आगामी दिनमा कार्यतालिका नै बनाएर समितिमा छलफल चलाउने बताउनुभएको छ ।

महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव कार्यक्रमललाई सम्बोधन गर्दै उहाँले विगतका केही वार्षिक प्रतिवेदनमाथि लेखासमीतिमाथि छलफल हुन ढिलाइ हुँदा एकातर्फ सोको सान्दर्भिकता नै हराएको र अर्कोतर्फ एउटै कार्यका लागि धेरै पक्षको समय, मेहनत खेर गइरहेको बताउनु भयो ।

उहाँकाअनुसार वार्षिक प्रतिवेदनमाथि समयमै छलफल नहुँदा समान प्रकृतिका विषय उठान भइरहनुका साथै त्यस्ता विषयप्रति सम्बन्धित पदाधिकारी तथा कर्मचारीले चासो नदिने प्रवृत्ति समेत बढेको छ । यसका लागि समितिले आगामी दिनमा  कार्यतालिका नै तयार गरी छलफललाई व्यवस्थीत बनाउने र नियमित गर्ने उहाँले बताउनु भयो ।  सभापति पोखरेलले भन्नुभयो–‘लेखा समितिको प्रयासले मात्रै बेरुजु फछ्यौट नहुने हुँदा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनको मर्मअनुसार सोही वर्ष भित्र नै बेरुजु फछ्यौट टुग्याउने गरी निकाय तथा कार्यालयहरुल समेत कार्यसम्पादन गर्नुपर्दछ ।’

लेखा परीक्षणमा संलग्नहरुको इमानदारीता र नैतिकताले उच्च महत्व राख्ने बताउँदै पोखरेलले लेखा परीक्षणको गुणस्तरमा सुधार गर्न लेखा परीक्षकहरुले आफ्नो स्वतन्त्रता, निष्ठा, विश्वसनियता, व्यवसायीकता र मुल्यमान्यतामा आँच आउन दिन नहुने बताउनु भयो । उहाँकाअनुसार लेखा परीक्षकहरुले सार्वजनिक प्रशासनमा रहेको विकृति, समास्याहरु हटाउन कार्यान्वयन योग्य सुझावहरु दिनुपर्छ । ले

खा समिति र महालेखा परिक्षक कार्यालयको कार्यसम्पादनमा सहकार्यता हुँदै आएको बताउँदे उहाँले लेखा परीक्षणलाई गुणस्तरीय बनाई यसको प्रभाव अभिवृद्धि गर्न आगामी दिनमा लाग्नुपर्ने बताउनु भयो ।