१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छः एमाले सांसद भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरुलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रश्ताव राख्नुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रश्ताव राख्नुभएको हो ।

उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरुको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पदानको क्षेत्र निर्धारण हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँहरुको योग्यताको आधारमा उहाँहरुलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु । उहाँहरुको योग्यतालाई कसरी उहाँहरुको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले बालविकास सहजकर्ताहरुलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।