११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

प्रश्तावित न्यायाधीश पोखरेललाई महेश बर्तौलाको प्रश्नः सात महिनाअघिको प्रतिवद्धता छोडेर खुट्टा उचाल्दै आउने ?

प्रश्तावित न्यायाधीश पोखरेललाई महेश बर्तौलाको प्रश्नः सात महिनाअघिको प्रतिवद्धता छोडेर खुट्टा उचाल्दै आउने ?
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गर्नुभएको छ ।

संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सर्वोच्च बारको अध्यक्षमा करिव डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुनसक्ने बताउनु भयो । उहाँले स्वविवेकीय ढंगले प्रक्रियाबाट अलग्गिन सुझाव दिँदै यो भन्दा अघिको प्रक्रियामा नजाने गरी बाहिरिन सुझाव दिनुभयो ।

न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा भन्ने ग्यारेन्टी पृष्ठभूमिले नदेखिने जिकिर गर्नुभयो । सर्वोच्च बारमा सात महिनाअघि गरिएको प्रतिवद्धता तोडेर न्यायाधीशमा प्रश्तावित हुने बित्तिकै खुट्टा उचालेर आउनु हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । प्रश्तावित न्यायाधीश पोखरेलले विगतमा वकील भएर बहस गर्दा सबै बहस प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा बहस गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा लाग्छु भन्नुभयो । तर तपाईंको पृष्ठभूमि बिल्कुल राजनीतिक छ । त्यो पनि सक्रिय छ । सबैले जाने बुझेको कुरा हो । त्यसमा लाग्दिन भन्नु तपाईंको यहाँ बोल्दै गर्दा गर्ने कमिटमेण्ट हो । निष्पक्षता र तटस्थता त हुनैपर्छ । तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भुमिका र जिम्मेवारीमा रहेपनि तर तपाईंको विशुद्ध हृदय चर्चित व्यवसायिक घरानाबाट हुनुहुन्छ भन्ने प्रश्न छ । प्रश्तावित न्यायाधीश हुने बित्तिकै खुट्टा उचालेर लौ हुन्छ भनेर त्यत्रो सात महिनाअघि गरिएको कमिटमेण्ट, फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ? यदी त्यो च्यातेर हिँड्नुहुन्छ भने भोलिका दिनमा न्यायिक विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ? आज वकीलहरुको पद पाउनका लागि पद पाउने बित्तिकै जे पनि गर्न मिल्छ भन्ने मानक स्थापित गर्न खोजेका हौँ हामीले ? त्यस्तो गर्न मिल्छ ? तपाईंको त झन्डै डेढ वर्ष कार्यकाल बाँकी छ । यो छोड्न मिल्छ ? प्रश्तावित हुनुभएको छ । यहाँलाई शुभकामना त छ नै । मेरो मत के हो भने स्वविवेकीय ढंगबाट यो प्रक्रियाबाट अलग्गिनु राम्रो हुन्छ । तपाईं यो भन्दा अगाडि नजाने गरी बाहिरिनु, मेरो व्यक्तिगत सुझाव हो ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले केही समयअघि मात्रै बारको अध्यक्षमा निर्वाचित भएको व्यक्ति दुई वर्ष नपुग्दै सर्वोच्चको न्यायाधीशमा जान उचित नहुने जिकिर गर्नुभयो । यसमा नैतिकताको प्रश्न उठ्ने बताउनु भयो । उच्च नैतिकतामाथि व्यवहारमा प्रश्नचिन्ह ल्याउँछ की ल्याउँदैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही समयअघि बारमा निर्वाचित हुनुभयो । बारको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दुई वर्ष नपुग्दै बारमा निर्वाचित भएको व्यक्ति किन सर्वोच्चमा जानुप¥यो ? यसमा उहाँको उच्च नैतिकतको कुरा छ । त्यो उच्च नैतिकतामाथि व्यवहारमा प्रश्नचिन्ह ल्याउँछ की ल्याउँदैन । यसलाई तपाईंले कसरी लिनुभएको छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सचेतक सुनिता बरालले सुनुवाईको क्रममा रहनुभएका सबै प्रश्तावित न्यायाधीशहरु राजनीतिक दलहरुसँग आवद्ध रहेको सुनिएको भन्दै न्याय सम्पादनमा यसले कति असर गर्छ ? भन्दै प्रश्न गर्नुभयो । तर यसमा शंका गर्ने ठाउँ प्रशस्त रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुनुवाईमा रहनुभएकाहरु सबै राजनीतिक दलहरुसँग आवद्ध हुनुहुन्छ भन्ने सुनिएको छ । तपाईंलाई हामीले अब न्यायालयमा जाँदै गर्दा राजनीतिक रंग हुँदैन भनेर भन्नुभयो । व्यवसायिक विषयसँग जोडिँदा राजनीतिक विषयसँग हेर्दा हामीले न्याय सम्पादनमा कानूनी दायित्व र सामाजिक अभ्यासलाई शंका गर्ने ठाउँ प्राप्त गर्ने की नगर्ने ? तपाईंको प्रश्तुतीबाट शंका गर्ने प्रशस्त ठाउँ पाएँ ।’

न्यायिक स्वतन्त्रता कायम राख्न चुनौतिहरु रहेको र समाधानका उपायहरु पनि प्रश्तुत गर्नुभएको बताउँदै बेन्च र बारसँगका विषयमा रहेका मतभेदलाई कसरी समाधान गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।