४ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकारको बजेट पारित



अ+ अ-

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताउनुभयो । पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उहाँको भनाइ थियो । “कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वभाविक हो, गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

भौतिक पूर्वाधारतर्फ रु ५० लाखभन्दा कमका योजनामा बजेट नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको थियो । रासस