११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’
अ अ+ अ-

इनरुवा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्यसम्पादन समितिले आयोजना गरेको कार्यक्रममा उहाँले लागुपदार्थ नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबैको सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

देशको विकास, समृद्धि र सुशासनको बाधकका रूपमा रहेको लागुऔषध दुव्यर्सन नियन्त्रणमा सबैको भूमिका र दायित्व रहेकाले सोहीअनुसारले व्यक्ति, परिवार र समाजले आआफ्नो ठाउँबाट समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशका विभिन्न जिल्लामा अभियानका रूपमा दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । गाउँ, नगरका वडालाई क्रमशः लागुऔषध दुव्यर्सनमुक्त घोषणा गर्दै जाने अभियानमा प्रदेश सरकार रहेको जनाउँदै उहाँले समयमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न नसके यसले विकराल समस्या निम्त्याउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले समाजको सत्रुका रूपमा रहेको लागुऔषधको सेवन तथा दुव्र्यसनलाई कम गर्ने प्रयासमा सबै लाग्नुपर्ने बताउनुभयो ।

समाजमा साथी सङ्गतको दबाब, एकअर्काको देखासिकी, अभिभावकको निगरानीको कमी, असफलतालगायत कारणले पनि बालबालिका तथा युवायुवती लागुऔषधको सेवन गर्ने गरेकाले यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, कोसी प्रदेशसभाका सांसद इसराइल मन्सुरी, रामप्रसाद मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापालगायतको सहभागिता थियो ।

लागुऔषधले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता वृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौतीलगायत विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनले जानकारी दिनुभयो । लागुऔषध सेवनका कारणले अपराध हुने गरेकाले त्यसमा सबै चनाखो भएर अभियानलाई घरघरमा पुर्‍याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सहभागीले लागुऔषध नियन्त्रणका लागि विभिन्न कार्यक्रम आवश्यक रहेको बताउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी इनरुवा नगरपालिकाको परिक्रमा गर्दै ओमसाइराम पार्टी प्यालेसमा गएर समापन भएको थियो । रासस