२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दोबाटोमा रुद्राक्ष रोपेर ओलम्पिक दिवस मनाइयो



अ+ अ-

काठमाडौं । ओलम्पिक दिवसका अवशरमा नेपाल आलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ । 

ओलम्पिक कमिटिको कार्यालय सात दोबाटोमा रुद्राक्ष रोपेर कमिटिले दिवस मनाएको हो । विगतमा ओलम्पिक दिवसका अवशरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आएपनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका कार्यक्रमहरु खुम्चिएको उल्लेख गर्दै उहाँले नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको र जुम मार्फत अन्तरकृया कार्यक्रम गरिएको बताउनुभयो ।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ । दिवसका अवशरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएपनि यो वर्ष कुनै ठूला कार्यक्रम आयोजना भएनन् । कोरोनाका कारण विश्वभरीका खेलाडीहरुले आफै घरमा बसेर अनलाइन वर्क आउट गरेर दिवस मनाएका छन् ।