५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भयो । उहाँले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताउनु भयो । गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिनुभयो ।  विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रुपले लागिरहेको उहाँको भनाइ । गत वर्षको असोजमा काठमाडौंमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकार्नुभयो । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतको २५ वर्षमा देशको ८६ प्रतिशत घरधुरीले कुनै न कुनै विपद्को सामना गरिसकेको छ । त्यसैले विपद् हाम्रो प्रमुख समस्या हो भन्ने कुरामा कुनै दुविधा रहेन । २०७२ सालको गोर्खा भूकम्प, जाजरकोट तथा पश्चिम नेपालका भूकम्प लगायतका विभिन्न समस्याको कुरा छदैछ । यस मनसुन अवधीमा कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकीको प्रदेशको अधिक भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भनेर विभागले भनेको छ । यसले के देखाउँछ त भन्दा देशका विभिन्न भागमा वर्षा औसतभन्दा बढी हुने सम्भावना देखाएको छ । त्यसको अर्थ स्वभाविक रुपले बाढी, पहिरो र डुबानको सम्भावना बढेको छ । सडक मार्ग र ठुलो धनजनको ठुलो क्षति हुने सम्भावना पनि बढेको छ । मुलतः विपद्को विषयमा पूर्वतयारी र प्रतिकारका विषयमा सरकार गम्भिर छ । सरकार अहिले सम्भव भएसम्म विपद्को पूर्वतयारकिा लागि बसेको छ ।’

‘सुरक्षा निकायहरुले देशभरका आ–आफ्ना युनिटहरुलाई जुनसुनै बेला पनि विपद् आउनसक्ने भएको हुनाले तयारी अवस्था रहनको लागि काम गरिरहनु भएको छ । म आफैं पनि केही दिन अघि प्रहरीको हेडक्वाटरमा बसेर देशभरीका प्रहरीसँग अन्तरक्रिया र छलफल गरेर तयार रहन निर्देशन दिएको छु । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिलाई तयारी अवस्थामा रहनको लागि निर्देश जारी गरेका छौँ । छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ । सूचना प्रणाली पनि सबैभन्दा महत्वपूर्ण छ । यसले धेरै जनको क्षति घटाउन सक्छौँ । यसका लागि हामीले टेलिफोन प्रदायक कम्पनीहरुसँग कुरा गरेर सरकारका सम्बन्धीत निकायहरुले त्यो कुरा गरिरहनु भएको छ । समितिलाई मेरो अनुरोध छ सेवा प्रदायक संस्थाहरुसँग पनि यसरी नै बसेर यो कुरामा छलफल गराउनुप¥यो । सातवटै प्रदेश सरकारलाई संघीय सरकारअन्तर्गत रहेको गोदामघरहरु समेत हस्तान्तरण गरिएको छ ।’

काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताउनु भयो ।