२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही क्षेत्र नं. ३ मा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने !



अ+ अ-

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

आगामी मंसिरमा यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने तयारी निर्वाचन आयोगको छ ।

पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए । तर, २०८१ चैत १९ गते उनको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । रिक्त उक्त स्थानमा एमालेले भट्टराई उम्मेदवार बनाउने तयारी गरेको हो ।

भट्टराई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन विभाग प्रमुख हुन् । राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी पार्टीको पोलिटब्यूरो सदस्य हुन् । भट्टराईसहित त्यहाँ दधिराम न्यौपाने, भरत पोखरेल, हरि अधिकारीलगायतका नेताहरू आकांक्षी छन् । तर पार्टीले उनलाई नै उम्मेदवार बनाउने तयारी गरेको हो ।

गत निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले रुपन्देही क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । तर त्यही क्षेत्रमा बासुदेव घिमिरेको पनि उम्मेदवारी परेको थियो। एउटै पार्टीका दुई जनाको उम्मेदवारी परेपछि घिमिरेको उम्मेदवारी स्वीकृत भएको थियो ।

राष्ट्रिय सभाबाट राजीनामा दिएर पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाएपछि भट्टराई संसदीय गतिविधिमा ओझेलमा परेका थिए ।