२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’



अ+ अ-

महोत्तरी। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाको अवस्था सुधार्न स्थानीयतहको नेतृत्वदायी पहलकदमी आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

आज महोत्तरीको औरही नगरसभाको १६औँ नगर परिषद् बैठकमा उहाँले शिक्षा क्षेत्रको बिगँ्रदो अवस्था सुधार्न स्थानीयतहले सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“पछिल्ला दिनमा हाम्रो शैक्षिक गुणस्तर केही कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ”, सिंहले भन्नुभयो, “शिक्षामा मधेशको पुरानो साख फर्काउन सबैपक्षको साझा सङ्कल्प आवश्यक पर्छ ।” यसको नेतृत्व स्थानीयतहले लिनुपर्ने उहाँको भनाइ छ ।

केही दशक पहिलेसम्म मधेशका विद्यालय र कलेजको उत्पादन भनिँदा विशेष महत्त्व दिइने गरिएको सम्झँदै मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताउनुभयो ।

“अहिले विद्यालयभित्रै लागुपदार्थ दुव्र्यसन फैलिएको सुनिन्छ”, सिंहले चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको क्षमता विकास गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा औरही नगरप्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रमसँगै रु ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले मुख्यमन्त्री सिंहलाई अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो । रासस