८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भारतको सहयोगमा उद्धार गरिएका दुई नेपाली दिल्ली आइपुगे

भारतको सहयोगमा उद्धार गरिएका दुई नेपाली दिल्ली आइपुगे
अ+ अ-

इजरायल। इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीहरुमध्ये दुई जना गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन । भारत सरकारको सहयोगमा इरानस्थित भारतीय दूताबासद्वारा उनीहरुलाई उद्धार गरेर नयाँ दिल्ली ल्याइएको हो ।

इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी भएको थियो । सोही बमोजिम उनीहरु भारतले उद्धार उडान गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए ।

भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ जना मध्ये ९ जनाको इरानी कानुन अनुसारको आवश्यक कागजात नभएका कारण उनीहरुले उडान अनुमति नपाएको जानकारी नयाँ दिल्लीस्थित नेपाली दूतबासले जनाएको छ ।

अन्य ९ जना स्वदेश फर्कन चाहने अन्य भारतीय नागरिकहरुसँगै मसादको एक होटलमा सुरक्षित रहेका र उनीहरुलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूताबासले जनाएको छ । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका १६ जना नेपालीलाई पनि आफ्ना नागरिकको उद्धारका क्रममा ल्याइदिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारत सरकार समक्ष आग्रह गर्नुभएको थियो ।

भारतले नेपालको आग्रहअनुसार नेपाली नागरिकको उद्धार गरिदिने तयारी सुरु गरेपछि मन्त्री डा राणाले भारतीय विदेशमन्त्री एश जयशंकरलाई हिजो धन्यवाद दिनुभएको थियो ।

मसादमा रहेका नेपाली र इरानी जेलमा रहेकाहरुको उद्धार गरी स्वदेश ल्याउनका लागि आवश्यक कागजातहरुको व्यवस्था गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।