२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

महामन्त्री थापाको प्रश्तावः तीन दशकयता सरकारमा गएका सबैको सम्पती छानविन गर्न आयोग गठन गरौँ

महामन्त्री थापाको प्रश्तावः तीन दशकयता सरकारमा गएका सबैको सम्पती छानविन गर्न आयोग गठन गरौँ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पती छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रश्ताव राख्नुभएको छ ।

आईतवार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रश्ताव पार्टीको बैठकबाट पारित गर्न प्रश्ताव राख्नुभएको हो ।

भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उहाँको भनाइ छ । उहाँले कनैपनि दलप्रति पूर्वाग्रही नभएको  व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पती छानविन गर्ने अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०४६ सालको अन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको हो । नेपाली काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ । वितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ । देशले पत्याएको पूर्वन्यायाधीश छानौँ । निष्पक्ष काम गर्ने मान्छे छानौँ । यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस् । र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौँ । र त्यो छानविन गराउँदै गर्दा जो जनो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे परेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौं भने बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ ।  यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ । यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो ।’

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरुलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उहाँको जिकिर छ ।