२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?



अ+ अ-

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले उहाँले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने धारणा राख्नुभयो ।