१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलन अन्त्य गर्नुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनु भयो । उहाँले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक,समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी कहाँ कल्चर कस्तो भएको छ भने, विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने, आइसकेपछि तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्य हुने, यो परिस्थितिको अन्त्यको निम्ति पनि हामीले आवश्यक ऐन, कानुन अन्य प्राविधिक तयारी, समानहरूको तयारी, सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था छ । यसको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल र निर्देशन गर्न चाहन्छु ।”  

उहाँले विपद् हुने सम्भावित क्षतिलाई न्युनिकरणको लागि सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ सङ्गठनलगायतका सबै सङ्घसंस्था क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।