२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एमाले) की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल र इरानबिच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताउनु भयो ।

उहाँले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताउनुभयो । उहाँले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, “इजरायल र इरानको द्वन्द्वमा हाम्रा नेपाली मजदुरहरू, इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा मैले समाचार सुने, केही पहलकदमी पनि लिएको छ, चासो देखाएको छ ।  श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक बसेको छ । तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको छ । म जोड दिएर भन्न चाहन्छु, नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस् । आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।” 

उहाँले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पूँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।