५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल



अ+ अ-

न्यूजपोलार ए.आई.

  • जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट
  • पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोह
  • राष्ट्रपति पाैडेलले राजनीती तर्फकाे सम्मान शान्त मानवी, ईतिहास तर्फकाे सम्मान डा मेदिनीप्रसाद सेडाई र साहित्य तर्फ राममणी पाेखरेललाई सम्मान गर्नुभएकाे थियाे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गर्नुभएको हो ।

उहाँले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउँदै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धान्जली हुने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सुक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ माक्र्सवादी र वर्ग संघर्र्र्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान संभव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो ।’

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु ।

उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टी ग-यो । पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्शििनकीरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए ।’ साे अवसरमा राष्ट्रपति पाैडेलले राजनीती तर्फकाे सम्मान शान्त मानवी, ईतिहास तर्फकाे सम्मान डा मेदिनीप्रसाद सेडाई र साहित्य तर्फ राममणी पाेखरेललाई सम्मान गर्नुभएकाे थियाे ।