१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्योः प्रा.डा. आर.पी विच्छा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताउनु भयो । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताउनु भयो । उहाँले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको भएपनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको बताउनु भयो । जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ । त्यसलाई हामीले पोलिसीमा रि थिंक गर्नुपर्छ । जब हामीले पोलिसी बनाउँछौँ । त्यो रि थिंक गर्ने बेला आइसकेको छ । अब हाम्रो पोलिसीलाई निर्मम ढंगले सर्जरी गरौँ । यदी कुनै अंग काट्नुपर्छ भने काटिदिऔँ । अब ढिला गर्न हुँदैन तर यसमा रि अर्गजनाइज, रि एनालाइज गरौँ । र पोलिसी डिपार्चर ल्याऔँ । हाम्रो अनम्यानेज्ट, अनप्लान सर्टअफ अर्गनाइजेशन भएको छ । माइग्रेसनमा इन्टरनल र एक्स्ट्रनल दुवै प्रोब्लम छ भने यहाँ हामी पोलिसी बनाइरहेका छौँ, हिमाल पहाडको लागि । ४ लेनको सडकको योजना छ, पु¥याएको पनि छ । त्यसलाई उपयोग गर्ने जनसंख्या पनि छैन । अब पपुलेसन डायनामिकलाई बुझेर पोलिसी बनाएन भने हाम्रो लगानीको कुनै मतलव छैन । हाम्रो काम गर्ने जनशक्ति जुन छ, त्यो अवसर हो हाम्रो लागि २५,२६ वर्ष हामीले गुमाइसक्यौँ । हामीले पोलिसी डिपार्चर गरेर यो जनशक्तिमा लगानी गर्ने हो ।’

उहाँले युवा जनशक्ति केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।