७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

काठमाडौंमा सुनचाँदी व्यवसायीहरुको प्रदर्शन

काठमाडौंमा सुनचाँदी व्यवसायीहरुको प्रदर्शन
अ+ अ-

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

मंगलवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका हुन् । प्रदर्शनका क्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दशरथरत्न बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताउनु भयो । उहाँले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।

सुनचाँदी व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष बज्राचार्यले भन्नुभयो– ‘सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अनुचित हो । विलासिलता कर र रत्नआभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन रोकिँदैन । यो माग आम व्यवसायीको मात्रै नभएर आम उपभोक्ताको पनि हो । उनीहरुको हितका लागि हामीले आन्दोलन गर्नुपरिरहेको छ । माग पुरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ।’

देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उहाँले लगाउनु भयो ।
भक्तपुरमा सुनचाँदी व्यवसायी गर्दै आउनुभएका सुनिल बज्रचार्यले सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्ने बताउनु भयो । उहाँकाअनुसार सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो ।
सुनचाँदी व्यवसयि बज्रचार्यले भन्नुभयो– ‘सुनमा २ प्रतिशत र हिरा तथा हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाउन खोजिदैछ । सुन पसललेहरुलाई भन्दा पनि हाम्रा ग्राहकलाई अप्ठ्यारो पर्छ । सुन तोलाको २ लाख छ । त्यसमा २ प्रतिशत जोड्दा झन् बढी हुन्छ । त्यसबाट ग्राहक मारमा पर्छ । त्यसैले हामी आन्दोलित बनेका छौं ।’

उहाँकाअनुसार हिरा तथा पत्थरमा भ्याट लगाइनु अनुचित हो । नेपाल र बाहिरी मुलुकमा तोलामा २०÷२५ हजार नै सुनको भाउमा फरक छ । त्यो फरक पारिनु सरकारको कमजोरी हो । सरकारले मुलुक बाहिर र मुलुक भित्र सुनको भाउ समान बनाउन लाग्नुपर्छ ।