१ आश्विन २०८३, बिहीबार
,
Latest
अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर रेडक्रसकाे सहयोग नेपाल रेडक्रस लाई



अ+ अ-

काठमाडौंं । सिंगापुर रेडक्रससंग आबद्द प्रारम्भ नामक सामाजिक संस्थाले २ करोड मुल्य बराबरका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीलाइ सहयोग गरेको छ।  

स्वास्थ्य मन्त्रालय र आनी छोइङ डोल्मा फाउण्डेशनसंगको  समन्वयमा संस्थाले सिंगापुर रेडक्रस मार्फत प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाइ हस्तान्तरण गरेको हो।

सिंगापुर रेडक्रसकि नेपाल प्रतिनिधि कल्पना क्षेत्रि,बरिष्ठ कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले उक्त सामग्री नेपाल रेडक्रसका स्वास्थ्यसेवा निर्देशक बिपुल न्यौपानेलाइ हस्तान्तरण गरेका हुन्।  

हस्तान्तरित सामग्रीमा ६० हजार सर्जिकल मास्क, १० हजार एन९५ मास्क र २ हजार ५ सय पीपीइ सेट छन्।  

हस्तान्तरणमा आइएफआरसीका लजिस्टिक इन्चार्ज प्रशान्त खड्का, बिर अस्पतालका उप-निर्देशक डाक्टर बिपिन खड्का, सामाजिक अभियन्ताहरु नेत्रराज गिरि, जनकराज भारती, मोहनपूर्ण सत्याल लगायतको सहभागिता थियो।  

१ करोड ४७ लाख मुल्य परेको उक्त सामग्री ५० लाख रुपैयामा  चार्टर गरि सिंगापुरबाट उक्त सामग्री नेपाल ल्याईएको प्रारम्भ संस्थाले जनाएको छ।