१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायो: सभापति खतिवडा

नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायो: सभापति खतिवडा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरेलगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आधात पु¥याएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजीनित नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रसंशा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र प्राप्तिपछि अहिले पनि निराशाका कुण्ठाहरु जिवित भएको बेलामा यस्ता कुण्ठाहरुलाई अन्त्य गर्नको लागि हामीले लोकसेवाबाट केही शिक्षा लिनुपर्ने जरुरी छ । विषेशगरी राजनीतिक नेतृत्वले यो बेला राजनीतिक नेतृत्वले ठाउँ पाउने बित्तिकै नाता र गोतालाई प्रश्चय दिन्छन् भन्ने जुन अनुभुति छ, त्यसको अन्त्यका लागि पनि संस्था यस्तो होस् जसले लोकसेवा आयोग जस्तो गरोस् । जहाँ निष्पक्षताबाहेक केही हुदैन । योग्यताको कदर हुन्छ भन्ने हामीले जनतामा सिर्जित गर्न सकियो भने हामीले ल्याएको लोकतन्त्र र यो संविधान अझ दह्रो भएर रहने विश्वास मैले लिएको छु ।’

सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय निजामति विधेयक आजै संसदमा दर्ता गर्ने समेत जानकारी दिनुभयो ।