३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र



अ+ अ-

नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गर्नुभयो । उहाँले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गर्नुभयो ।

सचिव पौडेलले भन्नुभयो, ‘इजरायल र इरानबीच भीषण लडाईं भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरु रहेका छन् । उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’

बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गर्नुभयो ।