८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु
अ+ अ-

नयाँ दिल्ली। भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा यात्रु विमान ठोक्किँदा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा यो घातक दुर्घटना भएको हो ।

उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै छ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले एएफपीलाई बताउनुभयो ।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ‘अत्यन्त दुःखद समाचार’ पछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताउनुभयो । जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ । केदारनाथ मन्दिर तीन हजार पाँच सय ८४ मिटर (११ हजार सात सय ५९ फिट) उचाइमा अवस्थित छ र गर्मीको समयमा यहाँ पहुँच सम्भव हुँदा तीर्थयात्रीहरूको भीड लाग्छ ।

हेलिकप्टर चार्टर फर्महरूको कुटीर उद्योग भारतीय हिमालयका तीर्थस्थलहरू भ्रमण गर्न चाहने तर कठिन पदयात्राबाट बच्न रुचाउने धनी तीर्थयात्रीहरूलाई सेवा दिन विकसित भएको छ । गत महिना मन्दिर जाने बाटोमा भएको अर्को हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।