२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा न्यायाधीशमाथि आक्रमण: न्यायाधीश समाज नेपालद्वारा गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । न्यायाधीश समाजले वीरगञ्ज इजलासका न्यायाधीश खुसीराम थारुमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा भर्त्सना गरेको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीश समाजले न्याय सम्पादनको सिलसिलामा अदालतमा कार्यरत न्यायाधीशमाथि भएको आक्रमणको कडा शब्दमा भर्त्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको कार्य अत्यन्तै निन्दनीय छ र यसले न्यायपालिका तथा न्यायाधीशहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।’

न्यायाधीश समाजले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गर्दै भनेको छ, ‘यस्ता आपराधिक कार्य गर्न जोसुकैलाई पनि छुट दिन मिल्दैन।’

संस्थाले घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कडा कानूनी कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नोटः यसअघि वीरगञ्ज हुनुपर्नेमा जनकपुर भएकाले सच्चाइएको छ । (सम्पादक)