८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

ग्लोवल वार्मिङले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे

ग्लोवल वार्मिङले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे
अ+ अ-

रसुवा: आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो ।

युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउनु हुन्छ स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन ।

२० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउनुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ ।

उहाँ भन्नुहुन्छ, ‘पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।’ जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको उनी सुनाउँछन् । उहाँले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताउनु भयो । वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ । उहाँले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताउनु भयो । हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उहाँको चिन्ता छ ।

उहाँले भन्नुभयो, ‘ग्लोवल वार्मिङ र क्लाइमेट चेन्जको कारणले कतिखेर पहिरो आउँछ भनेर थाहा हुदैन । सन् २०१५ गएको भूकम्प पनि क्लाइमेट चेन्ज र ग्लोवल वार्मिङको कारणले नै हो जस्तो लाग्छ । पर्यटन भनेको हामी लाङटाङबासीको पेसा नै हो तर अहिले पर्यटन व्यवसाय पनि समस्यामा पर्दै गएको छ ।’

हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनु भयो । पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उहाँको भनाइ छ ।

यस क्षेत्रमा संचालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उहाको भनाइ छ । उहाँले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताउनु भयो । पर्यटकको संख्या बढेपनि सबैजसो स्थानीयहरु होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, ‘२० वर्ष अगाडि जमिनदेखि एक मिटरमाथिसम्म हिउँ पथ्र्यो । सानो घरहरुको त लेभलसम्म नै पुग्थ्यो । अहिले चाँही त्यस्तो छैन । अहिले त ग्लासियर पनि माथि माथि गयो । यसको कारण यहाँको होटल व्यवसाय पनि व्यवस्थित छैन । होटल व्यवसायीका लागि सरकारले कडा नियम लागू गर्न सकेन । क्लाइमेटलाई बिगार्ने काम हामी आफैं गरिरहेका छौँ । यहाँ पर्यटकलाई आकर्षित गर्नुभन्दा कुरेर बस्ने कामहरु हुन थाल्यो । सबैले एउटै काम गर्न थालेपछि अहिले आयस्रोत निकै घटेको छ ।’

छेउछाउमा सेताम्मे हिमाल । वीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्राय: सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् ।

यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । पयर्टकको संख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताउनु भयो । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदुषण समेत बढाउँदै लगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिले त्यति पर्यटकहरु चल्दैन थियो । त्यसो हुँदा फोहोर पनि कम हुन्थ्यो । भएको फोहोर पनि पुर्ने गरेकामे थियो । अहिले त धेरे कुइरेहरु चल्छ । धेरै भएको फोहोरहरु पोल्ने गरेको कारण धुवाले पर्यावरणमा नकारात्मक असर पर्दै गएको छ । पहिले भन्दा अहिले निकै परिवर्तन भएको छ । पहिले गर्मीमा पनि एकदमै जाडो हुन्थ्यो अहिले त गर्मी हुन थालेको छ ।’

लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् । —न्युज एजेन्सी नेपाल