१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

सलहको हुल तराईदेखि उच्च हिमाली भेगसम्मै

सलहको हुल तराईदेखि उच्च हिमाली भेगसम्मै
अ अ+ अ-

शनिबारदेखि तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलह मंगलबारसम्ममा काठमाडौं उपत्यकालगायत हिमाली क्षेत्रमा पनि उक्लिएको छ। मंगलबारसम्मका सलह फैलिएर दुई दर्जनभन्दा बढी जिल्लामा पुगेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ। मंगलबार दिउँसो काठमाडौंको रानीबारी र वनस्थली क्षेत्रको आकाशमा सलह देखिएको थियो। काठमाडौंको दक्षिणी क्षेत्रबाट सलहको झुण्ड प्रवेश गरेको बताइएको छ। उदयपुर संवाददाता महेश्वर चाम्लिङ राईका अनुसार उदयपुरको कटारी नगरपालिकामा तीनदेखि सलह देखिएको छ। नगरपालिकाको कृषि विकास शाखाले सलह आएको पुष्टि गर्दै यसबाट अन्नबाली बचाउँदै नियन्त्रण गर्न कीराको पहिचान गरी आनीबानी र जीवनशैली पत्ता लगाउन आग्रह गरेको छ। कृषि शाखाले विभिन्न किसानको खेतबारीमा शनिबार साँझदेखि सलह देखा परेको प्रमाणित भएको बताउँदै फैलिन नदिन संभावित संक्रमणस्थलमा सरोकारवालाहरु जुटेर कीराको आनीबानी, फैलिने तरिका तथा शैलीबारे जानकारी लिएर सहयोग गर्न आग्रह गरेको छ।

त्यसैगरी, म्याग्दी सम्वाददाता हरिकृष्ण गौतमका अनुसार मंगलबार बेनी आसपास सलह देखिएको छ। त्यस्तै धवलागिरी गाउँपालिका–६ ताकमको बगर क्षेत्रको आकाशमा ठूलो संख्यामा सलह देखिएको स्थानीयले बताएका छन्।  उत्तरी म्याग्दीमो अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको आकाशमा उडिरहेको अवस्थामा देखिएको सलह सदरमुकाम बेनी आसपासमा देखिए पनि सानो समूहबाट छुट्टिएर आएको हुनसक्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले बताए। हावाको चाप दक्षिणबाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सीमाक्षेत्रबाट सोमबार साँझ सलहको समूह प्रवेश गरेको अनुमान गरिएको छ। दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार दाङमा ठूलो संख्यामा सलह प्रवेश गरेको छ। मंगलबार देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो। घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घण्टौंसम्म उडेको थियो। आकाशमा उडेको सलह घोराहीदेखि उत्तर–पश्चिम क्षेत्रमा गएको छ।  

‘दाङमा ठूलो सख्यामा सलह भित्रिएको छ, तर संख्या यकिन गर्न सकिने कुरा भएन,’ कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले भने ‘घण्टौंसम्म अत्यधिक ठूलो झुण्डमा आकाशमा यो कीरा उडेको छ।’ उनका अनुसार देउखुरीको गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकाका विभिन्न गाउँको बालीनालीमा यो कीरा बसिसकेको छ। त्यहाँ सलहको ठूलो झुण्ड बालीनालमिा बसिसकेकाले किसानहरु चिन्तित बनेका छन्। ‘अहिले किसानहरुलाई यो किराको त्रासदी निकै बढेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख धितालले भने ‘बालीनाली जोगाउनका लागि यसलाई भगाउनुबाहेक अर्को विकल्प रहन्न।’ सुर्खेत संवाददाता गणेश विशुका अनुसार तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ। मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो।

ठूलो मात्रामा सलह नभएकाले ठूलो झुण्डामा हराएर सुर्खेत पुगेको हुनसक्ने कृषि अनुसन्धान केन्द्र दशरथपुरका कार्यालय प्रमुख बन्दुराज बरालले जानकारी दिए। ‘दाङतिरबाट भेल फाटेर सुर्खेत आइएको हुन सक्छ,’ उनले भने, ‘हावाको बहाबसँगै हराएर आएको अनुमान गरेका छौं।’ अहिले नै आत्तिनुपर्ने स्थिति नभएको र योभन्दा ठूलो झुण्ड आयो भने ठूलो नोक्सानी हुने उनको भनाइ छ। यसका लागि किसान सजग भएर बस्नुपर्ने उनले जनाए। नागरिक दैनिक