१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्ने

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्ने
अ अ+ अ-

काठमाडौँ। राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेसँगै अत्याधुनिक बुद्ध पार्क बन्न मार्गप्रशस्त भएको हो । सरकारले २०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐनअनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बने पनि मुुआब्जा विवादले काम अघि बढेको थिएन । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विवाद समाधान गरेर पार्क बनाइने बताए। उनले भने, “तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद अन्त्य गरेर पार्क बनाउने योजना अगाडि बढाइनेछ ।” “मुआब्जा विवाद सुल्झाउन प्रारम्भिक अधिकारी नै तोकेर काम सुुरु गरिएको छ”, उनले भने, “जतिसक्दो छिटो विवाद अन्त्य गरी पार्क निर्माणको काम अगाडि बढाइनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यो विषय समावेश गरेर सङ्घ तथा प्रदेश सरकारलाई जानकारी गराएको र अन्य सरोकारवालाको सहयोग तथा समन्वय रहनेछ भने । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला तीनकुनेमा हरियालीसहित आइल्यान्ड निर्माण गरिएको थियो । केही जग्गाधनीले चलनचल्तीको मूूल्यअनुसार मुआब्जा पाउनुपर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा लिइसकेका छन् । “करिब ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार भइसकेको छ”, महानगरका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले थपे, “हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक रहने गरी डिजाइन बनाइएको छ ।”

महानगरपालिकाले मुआब्जा विवाद सुल्झाउन महानगरकै निर्देशक दीपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोकेको छ । आफूले उक्त जिम्मेवारी पाएपछि प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाइसकेको जानकारी उनले दिए । तीनकुनेको जग्गामा विवाद भएको ३५ रोपनीमध्ये २१ रोपनी जग्गाको मुआब्जा दिइसकिएको, सरकारले पठाएको १५ करोडमध्ये १० करोड ८० लाख रुपियाँ वितरण गरिएको, बाँकी रकम फिर्ता पठाएको लगायतका विषय समेटिएको प्रतिवेदन बुझाइएको जानकारी उनले दिए । गोरखापत्र दैनिक