१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

ओलीले भने- भारतको कुरा गर्दा प्रचण्डजीले किन खुट्टा उचाल्नुभयो ?

ओलीले भने- भारतको कुरा गर्दा प्रचण्डजीले किन खुट्टा उचाल्नुभयो ?
अ अ+ अ-

काठमाडौँ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले भारतको कुरा गर्दा प्रचण्डले खुट्टा उचालेको आरोप लगाएका छन् । उनले प्रचण्डलाई भने- मैले भारतलाई भनेको हो, तपाईँले नै किन खुट्टा उचाल्ने त ? अनि प्रचण्डले भने- मैले नै मागेँ त राजीनामा किन भारतलाई देखाउनुहुन्छ ? अनि ओलीले भनेका थिए- तपाईं बडो त्यागको कुरा गर्नुहुन्छ, तर के त्याग खोज्नुभएको हो ? म अर्कोपटक प्रतिस्पर्धामा आएर चुनाव लड्दिनँ, महाधिवेशनबाट अध्यक्ष हुन्न भनेकै छु । प्रचण्डजी तपाईं त ३२ वर्षदेखि आफू निरन्तर अध्यक्ष हुनुहुन्छ, तपाईंलाई अरू के त्याग चाहिएको हो ? आफूले पहिले गरेर देखाउनुस्, त्याग कस्तो हुन्छ ? माधवजी १६ वर्ष महासचिव हुनुभएकै हो, एकपटक त्याग गरेर देखाउनुस्, झलनाथजी १३ वर्षसम्म महासचिव र अध्यक्ष हुनुभएको हो, पार्टी कहाँ पुगेको थियो आफैँ समीक्षा गर्नुस् ।

जनताले पक्कै रेकर्ड राखेका छन् । मैले प्रस्ट पारेका कुराहरूमा भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस् । सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन ।

अपिल गर्दै पार्टी एकता जोगाउनुपर्छ, सबैले गम्भीरतापूर्वक कुरा राखौँ, भारतसँगको वार्ता पनि टुंगो लगाउनुपर्नेछ, परिपक्व भएर जानुपर्ने स्थिति छ, एउटा निष्कर्षमा पुग्नुपर्नेछ, प्रधानमन्त्रीले पनि राख्नुहोला, प्रधानमन्त्रीका नजिकका साथीहरू पनि हुनुहुन्छ, तपाईंहरूप्रति कसैको केही गुनासो होइन, पार्टीलाई पद्धतिसंगत ढंगले चलाउने कुरा उठाइएको हो । नयाँ पत्रिकामा समाचार छ ।