९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा प्रतिदिन थपिँदै कोरोना संक्रमित, बुधबार थप १७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु, धुलिखेल अस्पताल र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

उनका अनुसार शुक्रराज ट्रपिलक अस्पताल, टकुमा काठमाडौं दुई महिला र चार पुरुष गरी ६ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा भक्तपुरका एक जना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुरका एक महिला, काठमाडौंका तीन महिला र एक पुरुष गरी चार जना तथा ललितपुरका तीन महिला र दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।