२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको २१ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी



अ+ अ-

काठमाडौं । गोर्खाको फुजेलका १७ वर्षीय बालक कृष्णसाद अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २१ वर्ष पूरा भएको छ ।

अधिकारीको २०६१ साल जेठ २४ गते हत्या भयो । चितवनको रत्ननगर बकुलहर चोकमा उनको गोली हानी हत्या गरिएको थियो । उनको हत्या भएको २१ वर्ष बितिसकेको छ । तर, हत्यारा को थिए ? अझै त्यो मुद्दा गर्भमै रहेको छ ।

यद्यपि, तत्कालीन चितवन माओवादी पार्टीको निर्देशनमा अधिकारीले सुराकी गरेको आरोपमा उनको हत्या गरिएको पार्टीले स्पष्टीकरण दिएको थियो । त्यतिखेर माओवादी युद्ध चरम उत्कर्षमा पुगेको थियो । उक्त हत्याकाण्ड माओवादी युद्धको एक विवादित हत्याकाण्ड भएको छ ।

हत्या भएका कृष्णप्रासाद अधिकारीका परिवारका तर्फबाट भने हत्या माओवादी पार्टीले नभई फुजेलकै छविलाल पौडेललगायतका मान्छेले कृष्णप्रसादको हत्या गरेको भन्दै उनीलगायत १३ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।

त्यही आधारमा प्रहरीले अघि बढाएको मुद्दाका आरोपीहरु भने निर्दोष सावित भएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले अभियुक्तहरुलाई सफाइ दिने फैसला गरेको हो । यसअघि चितवन जिल्ला अदालतले पनि आरोपीहरु निर्दोष रहेको भन्दै सफाइ दिने निर्णय गरेको थियो ।

२०६१ जेठ २४ गते हत्या गरिएका छोरा कृष्ण अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजेका थिए । उनले २०७० सालदेखि अनशन सुरु गरेका थिए । ३ सय ३२ दिन लामो अनशनपछि उनको वीर अस्पतालामा २०७१ असोज ६ गते निधन भएको थियो । अधिकारीको शवको अझै अन्त्येष्टि भएको छैन ।

दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारीले समेत अनशनकै बाटो रोजेकी थिइन् । अहिले पनि गंगामायाको सत्याग्रह जारी छ । तर न्याय पाएकी छैनन् । यो दिनलाई आजीजन सम्झी राख्न उनले हातमा टाटुसमेत खोपेकी छन् ।