काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै संक्रमितको संख्या बढ्दै गएको छ । बिहिबार उपत्यकामा ३२ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा भेटिएका संक्रमित समुदायस्तरको हो वा आयातित हो भनेर खुलाइएको छैन ।