२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ‘जन्ते बाख्रो’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो सिनेमाले उत्साहजनक शो पनि पाएको छ ।

सिमोश सुनुवारको निर्देशन रहेको फिलममा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा सतोष गौतमको लगानी रहेको छ । ‘जन्ते बाख्रो’ ले गाउँघरमा लोप हुँदै गएको जन्ती परम्परा, टपरी–दुनामा बिहे भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।

फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’लाई श्रोताहरुले मन पराएका छन् ।