५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताउनु भयो ।

जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिनुभयो । रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाईका साथ निगरानी गर्नुपर्ने बताउनु भयो । अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने बताउनु भयो । नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री राईले भन्नुभयो, ‘हाम्रो देशमा नागरिकता सम्बन्धमा विभिन्न गतिविधिहरु हुनसक्छन् । अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेण्टमा टाइट गर्ने र जरिबाना र दण्ड कडा गर्नुपर्छ । जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी ग¥यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो त्यो गर्नैपर्छ । वडा अध्यक्षले फर्जी मान्छेको नागरिकता सिफारिस ग¥यो भने उसले राजनीति गर्न नपाउनेदेखि के—के निषेध गर्ने हो । यो कर्मचारी र जनप्रतिनिधिलाई पनि गर्नुपर्छ । त्यो जन्मदर्ता गर्दाखेरि सचिवलाई आशंका भयो भने वडा सदस्यहरु त जम्मै वडामा हुन्छन् । वडा सदस्यहरुलाई बोलाएर रोहबरमा राखेर दिनुपर्छ । अब सिफारिस गर्ने र सनाखत गर्ने कुरामा कडाइ गर्नुपर्छ ।’

रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताउनु भयो । बुबा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिनु उचित हुने बताउनु भयो ।