१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद बेलबासे

निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद बेलबासे
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, सालिन र कानून बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभयो ।उहाँले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई आम नागरिकबाट पठाएर दैनिक पचास लाखभन्दा बढी असुलेको, छानविनमा तानिनु एकदिन अघि मन्त्रालय फिर्ता बोलाउनु, अख्तियारको अनुसन्धानलाई प्रभाव पार्नेगरि सरुवा गर्नुलगायतका कारण गृहमन्त्रीले भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको आरोप लगाउनु भयो । उहाँले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने गर्नुभएका कारण अहिले आफैंमाथि लागेको आरोपको छानविनका लागि मार्ग प्रशस्त गर्न माग गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानविन गर्नका लागि नैतिकताका आधारमा राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गर्दछु । प्रतिनिधिसभा अवरुद्ध छ । राष्ट्रियसभामा आफ्नो माग राख्दै सदन सुचारु गराउने हाम्रो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु । जेठ १५ गते संसदमा बजेट पेश गर्ने संवैधानिक व्यवस्था भएकाले दुबै सदनको संयुक्त बैठक सम्पन्न भएर बजेट पेश भइसकेको छ । जनताको बजेट, देशको बजेट र कामलाई अबरुद्ध नगरौं भन्ने हिसावले प्रतिनिधिसभामा पनि प्रतिपक्षी दलले सदनलाई खोलेर बजेट पेश भएको अवस्था छ । र फेरि सदन अबरुद्ध भएकै अवस्था छ । गृहमन्त्री लेखक वौद्धिक, सालिन, कानुन बुझेको मन्त्री हुनुहुन्छ । उहाँले बुझ्नुपर्छ नैतिकताको आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा सोही पदमा बहाल भएर आउनुसक्नुहुन्छ । त्यसैभएकोले सहयोगका लागि उहाँले राजीनामा दिनुपर्छ ।’

‘अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख बनाएर सहसचिव तीर्थराज भट्टराईलाई खटाएपछि भिजिट भिषमा जाने नागरिकबाट दैनिक पचास लाख भन्दा बढी असुलेको, सेटिङमा विदेश पठाएको साविति बयान उहाँको छ । गृहमन्त्रीले भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु, छानविनमा तानिनु एकदिन अघि मन्त्रालयमा फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्नेगरि सरुवा गर्नु, छानविनमा खटिएका कार्यरत अख्तियारमा कार्यरत डिआइजी हिमालकुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरि बिहान सरुवा गर्ने र दवावका कारण बेलुका फिर्ता बोलाउनेजस्ता कामहरु उहाँले गरिरहनुभएको छ । यो सरासर भ्रष्टाचार हो । निर्दोष नेपाली बेचिएका छन्, पेटबोलीमा भ्रष्टाचार गर्न दिन्न, वा गर्न दिन्छु । यस्ता प्रश्न उब्जिएका छन् । गृहमन्त्रीको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पहिले नै भिजिट भिषा प्रकरणको कारबाहीमा परेका व्यक्ति किन सचिवालयमा छानेर राम्रो विश्वासिलो कर्मचारी पौडेल भनेर ल्याउनु मकसद के हो ? यी देखिएका घटनाक्रमले गृहमन्त्री सम्भवतः चलखेल सेटिङ छ भन्ने प्रश्न उठेको छ । धेरै घटनामा धेरैले नैतिकताका आधारमा राजीनामा दिएका छन् । त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । उहाँले विभिन्न ठाउँमा उठाएका, बोलेका र सम्बन्धित व्यक्तिहरुले राजीनामा दिनुपर्छ भन्ने भनिरहेका छन् । उहाँले राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ र न्यायिक समिति बन्नुपर्छ । 

उहाँले त्रिभूवन विमानस्थलमा भिजिट भिसामा देखिएका घटनाक्रमले चलखेल र सेटिङ छ भन्ने प्रश्न टड्कारो रुपमा देखिएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।