२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



अ+ अ-

मलङ्गवा । बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा निजको मृत्यु भएको उहाँले बताउनुभयो ।