२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर राति सम्म चलेको तेस्रो चरणको वार्तापछि सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।

यससँगै, उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।सवारी साधन नचलेपछि यात्रुहरू प्रभावित भएका छन् ।

यातायात व्यवसायीहरुले गण्डकीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि काठमाडौँ उपत्यकालगायत देशभरका यातायात ठप्प पारेका छन् ।