१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको हो ।

उहाँले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताउनु भयो । उहाँले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताउनु भयो । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘बजेटमा आएको चिज इम्प्लिमेण्ट हुनुप¥यो । सबैभन्दा ठूलो कुरा सुशासन हो । सबै कुरा राम्रो गर्छौं तर यदी हामी सुशासन पालना गराउने, मेण्टन गराउने कुरा भएन भने हामीले खोजेको रिजल्ट, अपेक्षा गरेको आर्थिक वृद्धिदर छ, जुन ६ प्रतिशतको आर्थिक वृद्धिदरको एजेम्सन गरिएको छ । मलाई लाग्छ, कार्यान्वयन हुनसके यो सम्भव छ । ’

अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्नेकुराबाट पछाडि फर्किन नहुने बताउनु भयो ।