१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद थापाको प्रस्ताव: पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गर्नुभएको छ ।

सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताउनुभएको हो । उहाँले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताउनु भयो ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उहाँले भन्नुभयो– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनfरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनfरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उहाँले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार यसले नोटको महत्व बढाउनेछ ।