१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटबाट म्याक्सवेलको सन्यास घोषणा



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन् । सोमबार एक पोडकास्टमार्फत म्याक्सवेलले सन्यासको घोषणा गरेका हुन् ।

म्याक्सवेलले २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए । हालसम्म १४९ एकदिवसीय खेल खेलेका उनले ३,९९० रन बनाएका छन् । बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच गरेका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ।

एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध २०१ रनको अविजित पारी खेलेका थिए ।

उनले पोडकास्टमा भनेका छन्, ‘मैले चयन समिति अध्यक्ष जर्ज बेलीसँग राम्रो कुरा गरें, हामीले २०२७ विश्वकपबारे छलफल गर्यौं । म त्यो विश्वकप खेल्छु जस्तो लाग्दैन, अब मेरो स्थानमा अरूलाई मौका दिने समय आएको छ।’

म्याक्सवेल टी-२० मा भने खेल्नेछन् । उनले अस्ट्रेलियाका लागि सन् २०२१ को टी-२० विश्वकप पनि जितेका छन् ।