२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटबाट म्याक्सवेलको सन्यास घोषणा



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन् । सोमबार एक पोडकास्टमार्फत म्याक्सवेलले सन्यासको घोषणा गरेका हुन् ।

म्याक्सवेलले २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए । हालसम्म १४९ एकदिवसीय खेल खेलेका उनले ३,९९० रन बनाएका छन् । बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच गरेका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ।

एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध २०१ रनको अविजित पारी खेलेका थिए ।

उनले पोडकास्टमा भनेका छन्, ‘मैले चयन समिति अध्यक्ष जर्ज बेलीसँग राम्रो कुरा गरें, हामीले २०२७ विश्वकपबारे छलफल गर्यौं । म त्यो विश्वकप खेल्छु जस्तो लाग्दैन, अब मेरो स्थानमा अरूलाई मौका दिने समय आएको छ।’

म्याक्सवेल टी-२० मा भने खेल्नेछन् । उनले अस्ट्रेलियाका लागि सन् २०२१ को टी-२० विश्वकप पनि जितेका छन् ।