१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले राजावादीहरुप्रति कटाक्ष गर्दै अध्यक्ष दाहालले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताउनु भयो । उहाँले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु रहेको भन्दै सान्त्वना दिनुभयो । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो । माओवादीले चलाएको अभियान आवश्यक परेको बेलामा अर्को क्रान्तिको तयारी भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र बर्बाद हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौँ । जरुरी प¥यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि पनि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी प¥यो भने अर्को क्रान्तिको तयारी हो । अरु केही होइन । जनतासँग नजोडिकन त क्रान्ति हुँदैन । अर्को समाजवादी क्रान्तिको तयारी हो ।’

अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताउनु भयो ।