९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापालाई रिहा नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द हुन्छः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले थापासहितका केहि राजावादीहरूलाई पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि प्रदर्शनस्थलमै बोल्दै अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए । ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ उनले भने,‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’

उनले सरकारले धरपकडको नीति लिएको भन्दै भोलिबाट खास लडाइँ सुरु हुने बताए ।

अहिले राजावादीले नक्सालस्थित प्रहरी हेडक्वार्र्टर अगाडिको सडकमै प्रदर्शन गरिरहेका छन् ।