९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार, उहाँको नै दिमाग खुस्केको होः  भीम रावल



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विरुद्धमा निरन्तर आवाज उठाइरहनु भएका नेकपा एमालेका नेता भीम रावलको नामै लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको कटाक्षप्रति नेता रावलले कडा प्रतिक्रिया जनाउनु भएको छ ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले रावलमाथि विरोधका नाममा दुईजिब्रे व्यबहार गरेको र दिमाग खुस्केको आरोप लगाउनु भएको थियो ।

प्रधानमन्त्री देउवाको भनाई सार्वजनिक भएलगत्तै त्यसबारेमा न्यूजपोलारसँग कुरा गर्दै नेता रावलले भन्नुभयो, प्रधानमन्त्रीको भनाइ सुनेर भनाई आश्चर्य लाग्यो । कुन समयमा संसदमा टेबल भयो, कुन समयमा म मन्त्री थिएँ भन्ने समेत थाहा नपाउने प्रधानमन्त्रीकै दिमाग खुस्केको जस्तो लाग्यो । 

उहाँले अगाडि भन्नुभयो, केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा एमसीसी संसदमा पेश भएको र त्यस बेला म सरकारमा थिइनँ । यत्ति कुरा समेत थाहा नपाउने नालायक प्रधानमन्त्रीको अभिव्यक्ति निकृष्ट छ । 

नेता रावलले प्रधानमन्त्री देउवाको अभिव्यक्ति सुनेर आफूलाई लज्जाबोध भएको भन्दै एमसीसी कुन समयमा के भयो भन्ने थाहा नपाउने, झुटो बोल्ने प्रधानमन्त्री पदमा बस्न नैतिक रुपमा पनि  मिल्दैन । 

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति सुनेर आफूलाई हाँसो लागेको बताउँदै नेता रावलले भन्नुभयो, जानीबुझी बोलेको हो भने गैर जिम्मेवारी हो, जनतालाई भ्रममा पार्न निकृष्ट अभिव्यक्ति हो । यदि थाहा नपाई बोलेको हो भने उहाँको दिमाग खुस्केको मान्नुपर्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोटको किस्याङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा सम्बोधन गर्दा नेता भीम रावलप्रति निकै आक्रामकरुपमा प्रस्तुत हुनुभएको थियो ।  

उहाँले नेता रावल प्रति लक्षित गर्दै भन्नुभयो, आफैँ सहभागी मन्त्रिपरिषद्को बैठकबाट संसदबाट एमसीसी पास गर्नुपर्छ भन्ने अनि खिलापमा बोल्दै हिँड्ने त्यो रावललाई लाज छैन । दुईजिब्रे कुरा गर्ने त्यो बेला किन मन्त्रीबाट राजीनामा नगरेको ? किन रावललाई मात्र टाउको दुख्छ यो विषयमा ?” 

एमसीसीका बारेमा जवाफ दिनै पर्ने भो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफू (रावल) रक्षामन्त्री हुँदा एमसीसी संसदमा ल्याउने अनि विरोधमा बोल्दै हिँड्ने ? त्यसबेला के उनको दिमाग खुस्केको थियो ?